विश्कप छनोट : अस्ट्रेलिया भ्रमणका लागि नेपाली टिमको घोषणा

कतारमा आयोजना हुने २०२२ को विश्वकपको एसियाको दोस्रो चरणको छनोटअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार अधिकांश पुरानै अनुहारलाई निरन्तरता दिँदै नेपाली राष्ट्रिय टिम घोषणा गरेको हो ।

असोज २३ मा हुने अस्ट्रेलियाविरुद्धको खेलका लागि प्रशिक्षक योहान कालिनले घोषणणा गरेको २३ सदस्यीय टिममा कुवेत र चाइनिज ताइपेइविरुद्ध खेलकै खेलाडी छन् । टिमको कप्तानी गोलकिपर किरण चेम्जोङले सम्हाल्ने छन् ।

एन्फाले गोलकिपर एलन न्यौपाने, स्ट्राइकर विमल राना र मिडफिल्डर रवि सिलवाललाई वैकल्पिक खेलाडीका रुपमा राखेको छ ।

क्यानबेरामा हुने खेलका लागि नेपाली टिम बुधबार अस्ट्रेलिया प्रस्थान गर्ने छ । विश्वकपको दोस्रो चरणको छनोटमा नेपाल अस्ट्रेलिया, जोडर्न, कुवेत र चाइनिज ताइपेइसँगै समूह बीमा छ ।

राउन्ड रोबिनका आधारमा भइरहेको छनोटमा नेपालले २ खेलमा समान १ जित र हारको सामाना गरेको छ । नेपालले पहिलो खेलमा कुवेतसँग ७–०को लज्जास्पद हार बेहोरेको थियो भने दोस्र्रो खेलमा चाइनिज ताइपेइलाई उसकै मैदानमा २–० ले पराजित गरेको थियो ।

समूह बीमा २ खेलमा ३ अंक जोडेको कुवेत शीर्ष स्थानमा छ भने १ खेलमा ३ अंक जोडेको अस्ट्रेलिया दोस्रो स्थानमा छ । ३ अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा नेपाल ३ अंक नै जोड्दै चौथो स्थानमा छ भने अंकबिहीन चाइनिज ताइपेइ पुछारमा छ ।

नेपाली टिम :

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ ।

डिफेन्डर : अनन्त तामाङ, रञ्जित धिमाल, सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, देबेन्द्र तामाङ र सुमन अर्याल ।

मिडफिल्डर : रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई ।

स्ट्राइकर : विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP