भारतमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि महिला फुटबल टिमको घोषणा

साफा महिला च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले साफकै तयारीका लागि भारतमा खेल्न लागेको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार निरु थापाको कप्तानीमा २३ सदस्यी महिला फुटबल टिमको घोषणा गरेको हो ।

फेब्रुअरी ७ देखि १७ सम्म भारतको उडिसाको भूवनेश्वरमा हुने प्रतियोगितामा नेपालसहित भारत, म्यानमार र श्रीलंकाले सभागीता जनाउने छन् ।

साफ च्याम्पियनसिप आगामी फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरस्थित सहिद रंगशालामा हुने छ । नेपाल समूह ’ए’ मा भुटान, पाकिस्तान र बंगलादेशसँगै छ । यस्तै समूह बीमा भारत, माल्दिभ्स र श्रीलंका छन् ।

नेपालले उद्घाटन खेलमा फागुन २८ मा भुटानसँग खेल्नेछ । दोस्रो खेलमा २९ गते पाकिस्तान र चैत १ गते बंगलादेशसँग खेल्नेछ । प्रतियोगिताका सबै खेल विराटनगरस्थित शहीद रंगशालामा हुने छ । साफ महिला च्याम्पियनसिपको सबै संस्करणको उपाधि भारतले जितेको छ ।

यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकोमा श्रीलंकामा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने जनाएपछि दक्षिण एशियाली फुटबल महासंघ (साफ)ले निर्धा्रित समयभन्दा एक महिनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको हो ।

नेपाली टिम

  • गोलकिपर
  • अञ्जना रानामगर
  • उषा नाथ
  • एञ्जिला सुब्बा
  • डिफेन्डर
  • हीरा भुजेल
  • गीता राना
  • पुनम मगर
  • अमृता जैसी
  • कविता धिमाल
  • सुनिता चौधरी
  • पूजा राना
  • मनमाया लिम्बु
  • मिडफिल्डर
  • विमला चौधरी
  • अनिता बस्नेत, दिपा राई
  • मञ्जलीकुमारी योञ्जन
  • शर्मिला थापा
  • सरु लिम्बू
  • रेनुका नगरकोटी
  • अनिता केसी
  • फरवार्ड
  • अनु लामा
  • रेखा पौडेल
  • निरु थापा
  • सावित्रा भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *