साफ यू–१८ महिला च्याम्पियनसिप : नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो

Read Time:1 Minute

उपाधि जित्ने लक्ष्यसहित जम्सेदपुर पुगेको यू–१८ महिला टिम जितबिहीन भएको छ। जम्सेदपुरमा भइरहेको साफ यू–१८ महिला च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भयो ।

भारतको जम्सेदपुरमा भएको खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भयो । ३ टिममात्र सहभागी प्रतियोगिताका यअसघिका तीनै खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थिाये।

खेलमा सुरुआती अग्रता भने नेपालले लिएको थियो। अमिसा कार्कीले खेलको चौथो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन्। तर, पहिलो हाफमा एक गोलले अघि रहेको नेपाल दोस्रो हाफमा भने सम्हालिन सकेन।

६८औं मिनेटमा बंगलादेशकी कप्तान शामसुन्नहरले गोल फर्काउँदै खेल बराबरीमा ल्याइन्। त्यस्तै, ८४औं मिनेटमा शाहदा अख्तर रिपाले गोल गर्दा बंगलादेशले पुनरागमन गर्दै २-१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्‍यो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतसँग ७-० ले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेशसँग ४-२ गोलअन्तरले पराजय ब्यहोरेको नेपाल तेस्रो खेलमा भारतसँग ५-१ गोलअन्तरले पराजित भएको थियो। योसँगै नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ४४ वर्षपछि थाइल्यान्डसँग खेल्दै नेपाल
Next post नेपाल थाइल्यान्डसँग २–०ले पराजित
Close