फुटबलराष्ट्रिय फुटबल

एसियन गेम्स खेल्ने नेपाली महिला फुटबल टिम चीन लाग्यो

१९औं एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ। हान्झाउमा हुने प्रतियोगिता हुने नेपाली टिम सोमबार दिउँसो चीन प्रस्थान गरेको हो।

चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्समार्फत नेपाली महिला फुटबल टोलीले एसियन गेम्समा डेब्यु गर्दैछ।

रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीमा २२ खेलाडी छन्। नेपालका सफल प्रशिक्षक बालगोपाल महर्जन मुख्य प्रशिक्षक छन्।

समूह ‘डी’मा रहेको नेपालले विश्वकप खेलिसकेको जापान र भियतनामसहित साफ च्याम्पियनसिपको विजेता बंगलादेश छ। जापान विश्वकप विजेता समेत हो।

नेपालले आफ्नो पहिलो खेल भियतनामसँग २२ सेप्टेम्बरमा खेल्नेछ । यस्तै विश्व विजेता जापानसँग २५ सेप्टेम्बर तथा बंगलादेशसँग २८ सेप्टेम्बरमा खेल्नेछ।

नेपालले केही समयअघि बंगलादेश विरुद्धको दुई खेलको मैत्रीपूर्ण सिरिज जितेको थियो । यस्तै पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियन छनोटमा नेपालले भियतनामसँग घरेलु मैदानमा दुई खेल खेलेको थियो भने दुवैमा पराजित भएको थियो।