
स्वदेश फर्कियो यू–२० टिम
Read Time:1 मिनेट
नेपाली यू–२० राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ। भारतको भुवनेश्वरमा जारी यू–२० साफ च्याम्पियनसिप खेलेर नेपाली टिम बिहीबार अपरान्ह स्वदेश फर्किएको हो।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वगत गरेका थिए।
उपाधि जित्ने लक्ष्यसहित भुवनेश्वर पुगेको नेपाली टिम फाइनल पुग्न असफल भएको थियो। नेपालले लिग चरणका ४ मध्ये ३ जित र समान १ हार र बराबरी खेलेको थियो।
प्रतियोगितामा माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–०ले हराउँदा नेपालले भारतसँग ८०को लज्जास्पद हार बेहोर्न बाध्य भएको थियो । अन्तिम खेलमा बंगलादेशसँग नेपालले १–१ गोलको बरारबी खेलेको थियो।