विश्वकप छनोट र मैत्रीपूर्ण खेलका लागि नेपाली टिम इराक प्रस्थान

विश्वकप छनोटठ र मैत्रीपूर्ण फुटबल खेल्नका लागि नेपाली राष्ट्रिय टिम इराक प्रस्थान गरेको छ। नेपाली टिम आज राति १० बजे टिम कतार एयरवेजको विमानबाट इराक प्रस्थान गरेको हो ।

इराक जाने नेपाली टिमा २३ खेलाडी र १२ अफिसियल गरी ३५ जना छन् । इराक उड्नुअघि नेपाली टिमको कोरोना परीक्षण गरिएको थियो । र, सबैको नतिजा नेगेटिभ आएको थियो।

नेपालले विश्वकप छनोटको तयारीमा रहेको इराकसँग जेठ १५मा बसरा अन्तराष्ट्रिय मैदानमा मैत्रीपूर्ण खेल खेल्ने छ। कतारसँगको मैत्रीपूर्ण खेललगत्तै १६ गते नै नेपाली टिम स्थलमार्ग हुँदै उतैबाट विश्वकप छनोट खेल्न कुवेत प्रस्ताथ गर्ने छ।

विश्वकप छनोट र कुवेतसँगको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ६ नयाँ अनुहारलाई टिममा समेट्दै २३ सदस्यीय टिमको घोषणा गरेका थिए।

पहिलो पटक राष्ट्रिय टिममा कोरियामा फुटबल खेलिरहेका मिडफिल्डर मनिष डाँगी, नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेका मिडफिल्डर त्रय सुरजजिउ ठकुरी, कमल थाप, आयुष घलान, डिफेन्डर गौतम श्रेष्ठ र गोलकिपर विशाल सुनार छन्।

टिममा किरण चेम्जोङ, रोहित चन्द, विशाल राई, अन्नत तामाङ, अन्जन विष्ट, अविशेक रिजाल, सुमन अर्याल, सन्तोष तामाङ, दिनेश राजवंशीलगयात सिनियर खेलाडीले स्थान बनाएका छन् ।

विश्वकप छनोटमा नेपालले जुन ३ मा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ।

विश्वकप छनोटका समूम बीमा रहेको नेपाल अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालले ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो। अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ ।

Facebook Comments Box