युरोकप छनोट : जर्मनीमाथि नेदरल्यान्ड्सको सानदार जित, क्रोएसिया, बोल्जियम र बेल्स विजयी

युरोकप छनोटमा नेदरल्यान्ड्सले ४ पटकको विश्व च्याम्पियन जर्मनीमाथि सानदार जित हात पारेको छ । युरोकप छनोटअन्तर्गत समूह सीको शुक्रबार राति भएको खेलमा नेदरल्यानड्सले जर्मनीलाई ४–२ ले पराजित ग¥यो ।

जर्मनीलाई उसकै घरमा हराउने क्रममा नेदरल्यान्ड्सका फ्यांकी डे जोङ, डोनयल मेलेन, जर्जियानो विज्नाल्डमले गोल गरे भने जर्मनीका सर्ज गनब्री र टोनी क्रुसले गोल गरेका थिए ।

जर्मनीले गनब्रीको गोलमा ९ औं मिनेटमै अग्रता लियो । पहिलो हाफमा १–०ले पछि परेको नेदरल्यान्ड्सले दोस्रो हाफमा भने उत्कृष्ट खेल पस्कियो । ५९ औं मिनेटमा बार्सिलोनाका डे जोङले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

जर्मनीका जोनाथन टाहले ६६ औं आफ्नै पोस्ट गोल गरेपछि नेदरल्यान्ड्सले २–१को अग्रता लियो । ७३औं मिनेटमा क्रुसले पेनाल्टीमा गोल गर्दै खललाई पुनः बराबरीमा ल्याए । ७९ मिनेटमा मेलेनले गोल गरेपछि डच टिमले जर्मनीमाथि फेरि अग्रता लियो । इन्जुरी समयको पहिलो मिनेटमा विज्नाल्डमले गोल गरेपछि नेदरल्यान्ड्सले जर्मनीमाथि ४–२को सहज जित निकाल्यो ।

यो हारपछि समूह सीमा ४ खेलमा ९ अंक जोडेको जर्मनी दोस्रो स्थानमा छ । यता, नेदरल्यान्ड्स भने ६ अंकका साथ दोस्रो स्थानमा छ । यो समूहमा शतप्रतिशत जित निकालेको नर्दन आयरल्यान्ड १२ अंकका साथ शीर्ष स्थानमा छ ।

यसैगरी युरोकप छनोटकै अन्य खेलमा क्रोएसियाले स्लोभाकियालाई ४–०ले हरायो । क्रोएसियालाई सहज जित दिलाउन निकोला भ्लासिच, इभान पेरेसिच, ब्रुनो पेट्कोभिच र डेजन लोभ्रेनले गोल गरे । यस्तै, गेराथ बेलले खेलको अन्तय तिर गोल गरेपछि बेल्सले अजरबैजानविरुद्ध २–१को कठीन जित निकाल्यो ।

यसैगरी कप्तान इडेन हाजार्डबिना मैदान उत्रिएको बेल्जियमले युरोकप छनोटमा आफ्नो शतप्रतिशत नतिजालाई निरन्तारता थियो । ५ खेलमा ५ जित निकाल्ने क्रममा बेल्जियमले सान मारिनोलाई ४–०ले हरायो । उसका मिची बात्सुईले २ गोल गरे भने ड्रायर्स मार्टिस र नासर चाड्लीले गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP