समूह विजेता बन्दै नेदरल्यान्ड्स नकआउट चरणमा

नेदरल्यान्ड्स युरोकपको समूह विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ । सोमबार राति आम्सडर्टडममा भएको समूहको अन्तिम खेल नर्थ मेसेडोनियालाई ३–०ले हराउँदै उ समूह विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको हो।

यसअघिका दुई खेलमा उसले युक्रेनलाई ३–२ र अस्ट्रियालाई २–०ले हराएको थियो । यो समूहबाट अस्ट्रिया दोस्रो हुँदै नकआउट चरण पुग्यो । उसले अन्तिम खेलमा युक्रेनलाई १–०ले हरायो।

यता, पहिलो पटक युरोकप खेलिरहेको मेसेडोनिया समूहका तीनवटै खेलमा पराजित भयो । नेदरल्यान्ड्सलाई जित दिलाउन कप्तान जर्जिनियो विज्नाल्डमले २ गोल गरे भने अर्को गोल मेम्फिस डिपेले गरे। नेदरल्यान्ड्सले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो ।

खेलमा २४औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफ १–० मै सकियो । तर दोस्रो हाफमा ८ मिनेट अन्तरमा विज्नाल्डमले २ गोल गरेपछि नेदरल्यान्ड्सले ३–०को सहज जित निकाल्यो । उलने ५१औं र ५८औं मिनेटमा गोल गरेका थिए।
खेलमा नेदरल्यान्ड्सले ५९ प्रतिशत बल पोजेसन बनाउँदै मेसेडोनियाको पोस्टमा १७ प्रहार गर्दा ७ सट फ्रेमम थिये।

यस्तै, मेसेडोनियाले १३ सट प्रहार गर्दा १ सट फ्रेममा थियो।

Facebook Comments Box