युइएफए नेसन्स लिग : जर्मनी रेलिगेशनमा, नदेरल्यान्डससँग हार्‍यो विश्वविजेता फ्रान्स

चार पटकको विश्वविजेता जर्मनी युइएफए नेसन्स लिग फुटलबको रेलिगेशनमा परेको छ । समूह १ को खेलमा फ्रान्सलाई नेदरल्यान्डसले पराजित गरेसँगै जर्मनी रेलिगेशनमा परेको हो ।

फ्रान्स र नेदरल्यान्डससँगै समूह १ मा रहेको जर्मनीले ३ खेलमा १ अंक मात्र जोडेको छ । यो समूहबाट ४ खेलबाट ७ अंक जोडेको फ्रान्स र ३ खेलमा ६ अंक जोडेको नेदरल्यान्डस अघिल्लो चरण प्रवेश गरेका छन् ।

समूह १ को विजेता र उविजेताको टुंगो जर्मनी र नेदरल्यान्डसबीचको अन्तिम खेलले लगाउने छ । अन्तिम खेलमा नेदरल्यान्डस विजयी भएन उ समूह विजेता हुने छ भने फ्रान्स उपविजेता । यस्तै नेदरल्यान्डस पराजित भएमा फ्रान्स विजेता हुने छ भने नेदरल्यान्डस उपविजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्ने छ ।

रुसमा यसैवर्ष सम्पन्न विश्वकपको समूह चरणबाटै जर्मनीले आफ्नो खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । रुस विश्वकपमा जर्मनी अप्रत्याशित रुपमा दक्षिण कोरिया र मेक्सिकोसँग पराजित भएको थियो ।

जर्मनी मेसिक्कोसँग १–० ले परजित भएको थियो भने दक्षिण कोरियासँग २–०ले पराजित भएको थियो । विश्वकपको समूह एफमा रहेको जर्मनीले स्वीडेनविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको थियो ।

नदेरल्यान्डससँग हार्‍यो विश्वविजेता फ्रान्स
नेदरल्यान्डसले आफ्नो घरेलु मैदानमा विश्वविजेता फ्रान्स २–० ले पराजित गरेको छ । रुस विश्वकपमा छनोट हुन असफल भएको नेदरल्यान्डस यो जितसँगै युइएफए नेसन्स लिगको अघिल्लो चरण प्रवेश गरेको छ ।

डे कुइप रंगशालामा भएको खेलमा नेदरल्यान्डसलाई जिताउन जर्जिन्हो विज्नाल्डम र मेम्फिस डिपेल गोल गरेका थिए । पहिलो हाफ सकिन १ मिनेट बाँकी रहँदा विज्नाल्डमले गोल गर्दै घेरलु टोलीलाई अग्रता दिलाएका थिए ।

यस्तै दोस्रो हाफको इन्जुरी समयमा थप गरिएको छैटौ मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दै नेदरल्यान्डलाई २–० को जित दिलाए । फ्रान्सका सिसोकोले डि–बक्समा डि जङलाई लडाएपछि नेदरल्यान्डले पेनाल्टी पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *