न्युकासलसँग हार्‍यो वुल्भ्स

SHARE TO:
Read Time:1 Minute

इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडले वुल्भ्सलालाई हराएको छ। शुक्रबार राति भएको खेलमा न्युकासलले वुल्भ्समाथि १–०को जित निकालेको हो।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा ७२औं मिनेटमा क्रिस उडले गरेको गोल नै निर्णायक भयो । गोलपिकर जोसे साले फाउल गरेपछि प्राप्त पेनाल्टीमा उडले गोल गरेका थिए।

खेलमा ५९ प्रतिशत बल पोजेसन बनाएको वुल्भ्सले ५ सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो । यता, न्युकासलले १२ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो।

यस जितसँगै ३१ खेलमा ३४ अंक जोडेको न्युकासल १४औं स्थानमा उक्लिएको छ भने ४९ अंकसहित वुल्भ्स आठौं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post तेवातियाले अन्तिम २ बलमा छक्का प्रहार गरेपछि पञ्जाबमाथि गुजरातको जित
Next post प्रधानमन्त्री कप ब्याडमिन्टनमा ३ सय बढी खेलाडी, विजेताले १ लाख बढी पाउने
Close