आर्सनलकाे च्याम्पियन्स लिग सपनामा न्युकासलको धक्का

Read Time:1 Minute

इंग्लिस क्लब आर्सनलको लामो समयपछि च्याम्पियन्स लिग खेल्ने सपनामा धक्का लागेको छ। उसको च्याम्पियन्स लिग खेल्ने सपनामा न्युकासलले धक्का दिएको छ।

लिगको ३७औं चरणमा न्युकासलसँग २–०ले पराजित भएपछि आर्सनलको आर्सलनको च्याम्पियन्स लिग खेल्ने सम्भावना लगभग सकिएको छ। ६६ अंकसहित पाँचौं स्थानमा रहेको आर्सनल अन्तिम विजयी हुने र अन्तिम खेलमा टोटनहम हारेको अवस्थामा मात्र उ च्याम्पियन्स लिगमा छनोट हुन सक्नेछ।

घरेलु मैदानमा न्युकासलले आत्मघाती गोलबाट सुरुआती अग्रता बनाएको थियो । खेलको ५५ औं मिनेटमा आर्सनलका बेन ह्वाइटले आत्मघाती गोल गरेका थिए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा ब्रुनो गुइमारेसले गोल गर्दै न्युकासललाई २(० को जित दिलाए ।

यस जितसँगै न्युकासलले ३७ खेलमा ४६ अंक जोडेको छ । न्युकासल १२ औं स्थानमा रहेको छ । आर्सनल ६६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पदक विजेता टेबलटेनिस टिमलाई सदस्य सचिवले दिए बधाई
Next post पञ्जावमाथि दिल्लीको जित, प्लेअफ सम्भावना कायमै
Close