नेमार प्रतिबन्धमा

ब्राजिलियन स्ट्रार स्टाइकर नेमार जुनियर प्रतिबन्धमा परेका छन् । उनलाई रेफ्रीलाई अपशब्द प्रयोग गरेको भन्दै युरोपियन फुटबल एशोसिएशनले प्रतिबन्ध लगाएको हो ।

रेफ्रिको निर्णयमा आपपित्त जनाउँदै अपशब्द प्रयोग गरेका कारण नेमारलाई युइएफएले ३ खेलको प्रतिबन्ध लगाएको हो । अब नेमारले आगामी सिजनको युरोपियन च्याम्पियन्स लिगको समूह चरणका ३ खेल गुमाउने छन् ।

च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनलको म्यान्चेस्टर युनाइटेडविरुद्धको खेलको दोस्रो लेगको अन्तिम समयमा रेफ्रीले युनाटेडलाई पेल्नाटी दिएपछि रुस्ट बनेका नेमारले रेफ्रीको निर्णयमा आपत्ति जनाउँदै अपशब्द प्रयोग गरेका थिए ।

सोही पेनाल्टी गोलको मद्दतमा पिएसजीलाई अवे गोलका आधारमा पिएसजीलाई पराजित गर्दै म्यान्चेस्टर युनाइटेड क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

खेलको अन्त्यतिर डिएगो डालोटले प्रहार गरेको बल पिएसजीका प्रेसनेल किम्पेम्बे ह्यान्ड भएपछि भिआरको माध्यमबाट त्यसलाई पेनाल्टी दिइएको थियो ।

घाइते भएकाले बेन्चमा रहेका नेमारले रेफ्रीको सो निर्णयको विरोध गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक प्रतिक्रिया लेखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *