नेमारले ह्याट्रिक हान्दा ब्राजिलको जित

स्टार स्ट्राइकर नेमारले ह्याट्रिक गरेपछि सन् २०२२को कतार विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले उत्कृष्ट जित निकालेको छ । बुधबार बिहान भएको खेलमा नेमारको ह्याट्रिक मद्दतमा ब्राजिलले पेरुलाई उसकै मैदानमा ४–२को अन्तरले पारजित गरेको छ ।

गत साताबाट सुरु भएको दक्षिण अमेरिकी छनोटमा ब्राजिलको लागतार दोस्रो जित हो । यसअघि ब्राजिलले घरेलु मैदानमा बोलिभियालाई ५–०ले पराजित गरेको थियो ।

ब्राजिललाई सानदार जित दिलाउने क्रममा नेमारको ह्याट्रिकसँगै रिचार्लिसनले अर्को गोल गरे । यस्तै, पुरुका आन्द्रे कारिलोले गोल गरेका थिए । दुई पटककको अग्रता जोगाउन सक्दा पेरु पराजित भएको थियो ।

घरेलु मैदानमा अग्रता पनि पेरुले नै लियो । छैटौं मिनेटमा आन्द्रे कारिलोले डिबक्सबाहिरबाट भली गोल गर्दै पेरुलाई सुरुवाती अग्रता दिलाएका थिए । २८औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए । नेमारलाई नै डिबक्समा तानेर लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो।

५९औं मिनेटमा रेनाटो तापियाले गोल गर्दै पेरुलाई २–१ ले अघि बढाए । त्यसको ५ मिनेटपछि रिचार्लिसन फिर्मिन्होको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीतर्फ उन्मुख खेलको ८३औं मिनेटमा नेयमारले खेलमा पहिलो पटक ब्राजिललाई अग्रत दिलाए ।

त्यसपछि ८६ र ८९औं मिनेटमा पेरुका दुई खेलाडीले रातो कार्ड पाएपछि घरेलु टिम थप दबाबमा आाएको थियो । ८६औं मिनेटमा कार्लोस क्यासेडा र ८९औं मिनेटमा कार्लोस जाम्ब्रानोले रातो कार्ड पाएका थिए ।

खेलको इन्जुरी समयमा गोल गर्दै नेमारले आफ्नो ह्याट्रिक पुरा गर्दै ब्राजिललाई ४–२को शानदार जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP