नेमार चम्किँदा ब्राजिल विजयी, विश्वकप छनोटमा लगतार छैठौं जित

फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सहज जित निकालेको छ । बुधबार बिहान भएको खेलमा स्टार स्ट्राइकर नेमारले उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिलले पाराग्वेमाथि २–०को जित निकालेको हो।

विश्वकपको दक्षिण एसिया छनोटमा ब्राजिलको यो लगातार छैठौं जित हो । छनोटमा शतप्रतिशत नतिजा निकालेको ब्राजिल १८ अंकका साथ शीर्ष स्थानमा छ । यस्तै, १२ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ भने पाराग्वे ७ अंकका साथ छैठौं स्थानमा छ।

१० टिमसभागी विश्वकपको दक्षिण अमेरिका छनोट डलब राउन्ड रोबिन लिगका आधारमा हुने छ। लिगका शीर्ष ४ टिम विश्वकपका लागि छनोट हुने छन् भने पाँचौं स्थानको इन्टर कन्फेडेरसन प्लेफ खेल्ने छ।

ब्राजिलको जितमा दुवै गोलमा नेयमार सहभगाी थिए । उनले एक गोल गर एक असिस्ट गरेका थिए । चौथो मिनेटमै गाब्रिएल जेससको पासमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । इन्जुरी टाइमको तेस्रो मिनेटमा नेयमारकै पासमा लुकास पाक्वेटाले दोस्रो गोर्दै टिमलाई जित दिलाए ।

Facebook Comments Box