अर्जेन्टिनाविरुद्धको ‘सुपर क्लासिको’ नेमारले नखेल्ने

Read Time:1 Minute

ब्राजिलियन स्टार स्ट्राइकर नेमारले विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेल अर्थात् ‘सुपर क्लासिको’ नखेल्ने भएका छन्। चोटका कारण नेमारले बुधबार बिहान हुने अर्जेन्टिनाविरुद्धको खेल नखेल्ने भएका हुन्।

२९ वर्षीय नेमारको तिघ्रामा चोट लागेको छ। अभ्यासका क्रममा नेमारको देब्रे तिघ्राको एडक्टरममा समस्या आएपछि उनलाई खेल्न असहज भएको ब्राजिलियन फुटबल कन्फिडेरेसनले जनाएको छ।

उसले भनेको छ, ‘नेमारले मैदानमा असहज महसुस गरिरहेका थिए, र उनको थप चेकजाँच गर्न पर्याप्त समय नभएका कारण टेक्निकल कमिटीले अर्जेन्टिनाविरुद्धको खेलमा उनलाई आराम दिने निर्णय गरेको छ।

ब्राजिलले बुधबार बिहानअर्जेन्टिनासँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । दुवै टिम प्रतियोगितामा अपराजित छन्। अर्जेन्टिनाविरुद्धको खेल अघि नै ब्राजिल कतार विश्वकपका लागि छनोट भइसकेको छ । त्यसैले उसलाई सुपरक्लासिकोको नतिजाले कुनै असर गर्ने छैन।

अर्जेन्टिना २८ अंक जोडेर दोस्रो स्थानमा छ र उ पनि विश्वकप छनोटको नजिक पुगेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भारतविरुद्धको टि २० सिरिजमा न्युजिल्यान्ड टिममा परेनन् केन विलियम्सन
Next post सन् २०२२ को टि–२० विश्वकप अस्ट्रेलियाका ७ सहरमा हुने
Close