नेमार अझै ३ वर्ष पिएसजीमै रहने

ब्राजिलियन स्टार स्ट्राइकर नेमार जुनियर अझै ३ वर्ष फ्रेन्च क्लब पिएसजीमै रहने भएका छन्। पिएसजीसँगको सम्झौता सकिन एक सिजन बाँकी रहँदै नेमारले क्लबसँग ३ वर्षको सम्झौता गरेका छन्।

अब नेमार सन् २०२५ सम्म फ्रेन्च क्लबमै रहने छन्। नेमार सन् २०१७मा बार्सिलोनाबाट कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा पिएसजी आएका थिए।

पिएसजी युरोपियन फुटबलमा असफल भइरहेपछि नेमार पुनः बार्सिलोना नै फर्कन चाहेका थिए । उन क्लबमा फर्काउन बार्सिलोनाले पनि पटक–पटक प्रयास गरेको थियो।

च्याम्पियन्स लिगको सेमिफाइनलमा म्यान्चेस्टर सिटीसँग पराजित भएपछि नेमारले पिएसजी छाड्ने चर्चा चलेको थियो। तर, नेमारले पिएसजीसँग ५ वर्षको सम्झौता गरेपछि तत्कालका लागि नेमारको पिएजसीबाट बहिर्गमन टरेको छ।

सन् २०१७ यता नेमारले पिएसजीमा ११२ खेल खेल्दै ८५ गोल गरेका छन् भने ६४ असिस्ट गरेका छन् । पिएसजीमा उनले ३ लिग वानसहित ९ उपाधि जितेका छन् भने क्लबलाईच्याम्पियन्स लिगको फाइनलसम्म पु¥याएका छन्।

Facebook Comments Box