गत जनवरीमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको आगमनसँगै साउदी प्रो लिगको चर्चा विश्वभर चुलिएको छ। सन् २०३०को विश्वकप आयोजना गर्ने लक्ष्यसहित फुटबलमा ठूलो लगानी गरिरहेको साउदी अरेबियाले ठूला स्टारहरुलाई व्यवसायिक फुटबलका लागि ‘अप्रोच’ गरिरहेका छन्।
प्रतिस्पर्धी टिम अल नासरले रोनाल्डोलेलाई भित्र्याएपछि अल हिलाल अर्का सुपरस्टार लियोनल मेसीलाई भित्र्याउन चाहेको छ। उसले ३ वर्षका लागि मेसीसमक्ष १ सय ५ विलियन डलरको ठूलो प्रस्ताव गरेको थियो।
फ्रेन्च क्लब पिएसजीसँगको सम्झौता सकिएसँगै क्लब बिहीन बनेका ३५ वर्षीय मेसी अल हिलाल आउने लगभग पक्का जस्तै भएको खरबहरु आएका थिए। तर, मेसीसबैलाई आश्चर्यचकित पार्दै अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भएका छन्।
मेसीले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि अल हिलालको नजर अर्का सुपरस्टार नेमारमाथि छ। नेमार भित्र्याउन प्रयास गरिरहेको अल हिलालको टिमले पेरिस पुगेर नेमारसँग छलफल गरेको बताइएको छ।
पिएसजीसँग ४ वर्ष सम्झौता अवधि बाँकी रहेपनि नेमारले क्लब छाड्ने निश्चित जस्तै छ। ३१ वर्षीय ब्राजिलिय स्टारका लागि अल हिलालले रोनाल्डोकै हाराहारी प्रतिवर्ष २ सय मिलियन डलरको प्रस्ताव गरेको बताइएको छ। तर, नेमारले कुनै डिसिजन गरिसकेका छैनन्।
नेमारलाई भित्र्याउन इंग्लिस क्लब चेल्सीले पनि चासो देखाइरहेको छ। प्रशिक्षकका रुपमा माउरिसियो पोचेटिन्हो आएसँगै चेल्सीले नेमारप्रति चासो देखाएको हो। नेमार र पोचेटिन्होले पिएसजीमा २ सिजन सँगै बिताएका छन्।