क्लब फुटबलफुटबल

नेमारको दुई गोलमा प्रिसिजनमा पिएसजीको जित

प्रि सिपन टुरमा एसिया भ्रमणमा रहेको फ्रेन्च क्लब पिएसजी चौथो खेलमा विजयी भएको छ। बिहीबार भएको खेलमा पिएसजीले दक्षिण कोरियन क्लब जिओनबुकलाई ३–१ले हरायो।

पिएसजीको जितमा ब्राजिलियन स्टार नेइमारको भूमिका महत्वपूर्ण रह्यो । चोटका कारण लामो समयपछि मैदान फर्किएका नेमारले २ गोल र १ असिस्ट गरे। अर्को गोल मार्को असेन्सियोले गरे।

नेइमारले ४०औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको ८३ औं मिनेटमा पुन नेइमारले नै गोल गरेका हुन् । निर्धारित समयको २ मिनेट बाँकी रहँदा नेइमारको असिस्टमा मार्का एसेन्सियोले गोल गरेपछि पिएसजी ३–०ले विजयी भयो।

प्रि सिपनको पाँच खेलमा पिएजीको यो दोस्रो जित हो। यसअघि उसले पहिलो खेलमा ले हावरेलाई हराएको थियो। त्यसपछि पिएसजी इन्टर मिलान र सेरेजो ओसाका पराजित हुँदा साउदी क्लब अल नासरसँग बराबरीमा रोकिएको थियो।