क्लब फुटबलफुटबल

साउदी प्रो लिगमा नेमारको सानदार डेब्यू

ब्राजिलियन सुपर स्टार नेमारले साउदी प्रो लिगमा डेब्यू गरेका छन्। एक महिनाअघि साउदी क्लब अल हिलालमा आबद्ध भएका ३१ वर्षीय नेमारले शुक्रबार राति अल रियादविरुद्ध डेब्यू गरेका हुन्।

खेलमा नेमार ६४औं मिनेटमा मैदान प्रवेश गरेका थिए। डेब्यू खेलमै नेमारले आफ्नो प्रभाव देखाएका छन्। खेलमा उनले अर्का ब्राजिलिय खेलाडी माल्कोमलाई गोलका लागि उत्कृष्ट पास दिएका थिए।

नेमारको डेब्यू खेल अल हिलाले ६–१ले जितेको छ। उसका लागि सलिम अल दवासरीले २ गोल गरे भने माल्कोम, अलेक्जान्डर मेट्रोभिच, नासर अल दवासरी र यसिर अल साहरानीले पनि गोल गरेका थिए।

नेमार फ्रेन्च क्लब पिएसजीबाट ७८ मिलियन पाउण्डमा अल हिलालमा आबद्ध भएका हुन्। ६ खेलमा ५ जित र १ बराबरी खेलेको अल हिलाल शीर्ष स्थानमा छ।