पेनाल्टी सुटआउटमा पिएसजी च्याम्पियन

पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सिजनको तेस्रो उपाधि जितेको छ । शुक्रबार राति भएको फाइलनमा लियोनलाई पेनाल्टी सुटआउटमा ६–५ले पराजित गर्दै पिएसजीले सिजनको तेस्रो उपाधिका रुपमा फ्रेन्च लिग कप जितेको छ ।

यसअघि पिएसजीले लिग वान र फ्रेच कप उपाधि जितेको थियो । निर्धारित समय र थप गरिएको समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पनाल्टी सुटआउटमा गरिएको थियो।

पेनाल गोलकिपर केलर नाभासले लियोनका बेट्रान ट्राओरको पेनाल्टी प्रहार रोकेपछि पीएसजीले नवौं पटक लिग कपको उपाधि जितेको हो । लिग कप सर्वाधिक जित्ने टिम पनि पीएसजी नै हो । एक पटक उपाधि जितेको लियोन भने फाइनलमा पराजित भएको यो पाँचौ पटक हो ।

खेलको अन्तिम मिनेटमा लियोनका डिफेन्डर राफेल रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । उनले डिबक्सभित्र पिएसजीका एन्जल डी मारियलाई फाउल गरेका थिए ।

पेनाल्टी सुटआउटमा पिएसजीका लागि एन्जल डि मारिया, मार्काे भेराट्टी, लिएन्ड्रो ड्यानिएल परेडेस, एन्डर हेरेरा, नेमार र पाब्लो साराबियाले गोल गरे । यस्तै लियोनका लागि जोचिम एन्डरसन, कार्ल टोको एकाम्बी, म्याक्सेन्स काकेरेट, थियागो मेन्डेस र हाउसेन आउरले गोल गरे । बट्र्रान्ड ट्राओर गोल गर्न असफल रहे ।

फाइनल खेल हेरनका लागि करिब ५ हजार दर्शक उपस्थित थिए । कोरोना महामारीपछि गत अप्रिलमा फ्रान्समा फुटबल गतिविधि बन्द गरिएको थियो । जुलाई पहिलो साता देखि दर्शकक सहितको फुटबल खेल्ने अनुमति प्राप्त भएपछि दर्शक उपस्थित भएको यो दोस्रो खेल हो । यसअघि फ्रेन्च कपको फाइनलमा दर्शक उपस्थित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *