मेसीलाई १० नम्बरको जर्सी दिन नेमार तयार

Read Time:2 Minute

फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार स्ट्राइकर नेमार लियोनल मेसीका लागि आफूले लगाइरहेको १० नम्बरको जर्सी दिन तयार भएका छन्। बिहीबार मात्र बार्सिलोना छाडेका मेसीलाई पिएसजी ल्याउनका लागि नेमारले आफूले लगाइरहेका १० नम्बरको जर्सी दिन तयार भएका हुन्।

बार्सिलोनासँग सम्झौता नवीकरण हुन नसकेपछि बिहीबार मात्र मेसीले बार्सिलोना छाडेका थिए । वित्तीय तथा संरचनात्मक अवरोधका कारण बार्सिलोनाले मेसीसँग सम्झौता नवीकरण गर्न सकेको थिएन।

मेसीले बार्सिलोना छाडे लगत्तै पिएसजी अर्जेन्टिनी सुपरस्टार मेसीलाई भित्र्याउन लागि परेको छ। मेसीसँगै बार्सिलोनामा खेलेका उनका पूर्व टिममेट नेमारले मेसी क्लबमा आए आफ्नो जर्सी मेसीलाई दिन क्लबसमक्ष अग्राह गरेका छन्।

मेसी र नेमार निकै घनिष्ट मित्र हुन्, त्यसैले नेमार आफ्नो मेसीलाई क्लबमा स्वाग गर्न आफ्नो जर्सी दिन तयार भएका हुन्। मेसी र नेमारले बार्सिलोनामा चार सिजन बिताएका थिए। त्यसपछि नेमार बार्सिलोना छाड्दै पिएसजी आएका थिए।

पिएसजी आएपछि पनि नेमारलाई बार्सिलोना फर्काउन निकै प्रयास गरेका थिए । तर, मेसीका त्यो प्रयास सफल हुन सकेन्। अहिले नेमार मेसीलाई क्लबमा पिएसजीमा ल्याउन मध्यस्तानको भूमिका खेलिरहेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भीम र बसन्तीलाई उत्कृष्ट खेलाडी अवार्ड
Next post अस्ट्रेलियालाई लगातार तेस्रो खेलमा हराउँदै बंगलादेशले जित्यो ऐतिहासिक सिरिज
Close