पिएसजीको उपाधि यात्रमा रेन्सको धक्का

फ्रेन्च लिग वानको डिफेन्डिङ च्याम्पियन पिएसजीको उपाधि यात्रामा धक्का लागेको छ । लिगअन्तर्गत सोमबार राति भएको खेलमा पिएसजी रेन्ससँग १–१ गोलको बराबरीमा रोकिएपछि उसको उपाधि रक्षाको अभियानमा गम्भीर धक्का लागेको हो।

लिगका २ चरणका खेल मात्र बाँकी रहेको अवस्थामा पिएसजी ३ अंकले पछि परेको छ। शीर्ष स्थानको लिलेको ७९ अंक छ भने पिएसजीको ७६ अंक छ। मोनाको ७४ अंकसहित तेस्रो स्थानमा छ ।

अब पिएसजीले पोन्टेपेलिय र रेइम्ससँग खेल्ने छ भने लिलेले सेन्ट इटिने र एन्जर्ससँग खेल्ने । पिएसजीले उपाधि जित लिले एक खेलमा पराजित हुनुपर्ने छ।

सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजीले अंक बाँड्नुपरेको हो । पहिलो हाफको इन्जुरी टाइममा नेइमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर ७० औं मिनेटमा सेह्रोउ गुइरासेले रेन्सका लागि बराबरी गोल फर्काए ।

८७ औं मिनेटमा प्रसनल किम्पेम्बेले रातो कार्ड पाएपछि पीएसजे १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

बराबरीपछि दोस्रो स्थानको पीएसजीले ३६ खेलबाट ७६ अंक जोडेको छ । समान खेलबाट ७९ अंकसहित लिले शीर्ष स्थानमा छ । यस्तै रेन्स भने ५५ अंकसहित सातौं स्थानमा छ ।

Facebook Comments Box