घाइते भए नेमार, लेइजिगविरुद्धको खेल गुमाउने

फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन सुपर स्टार नेमार घाइते भएका छन् । गत शुक्रबार भएको ब्राजिलका लागि विश्वकप छनोटको खेल खेल्ने क्रममा नेमार घाइते भएका हुन्।

उरुग्वेविरुद्ध खेलमा घाइते भएका नेमारले यसैसाता हुने च्याम्पियन्स लिगको खेल गुमाउने भएका छन् । पिएसजीले नेमारले च्याम्पियन्स लिगको जर्मन क्लब आरबी लेइपजिगविरुद्धको खेल गुमाउने जनाएको छ ।

समूह चरणको तेसो खेलमा पिएसजीले मंगलबार राति आरबी लेइजिगको सामाना गर्दैछ। समूह ए मा रहेको पीएसजी ४ अंक जोडेर शीर्ष स्थानमा छ।

Facebook Comments Box