विश्वकप छनोटमा ब्राजिल विजयी

फिफ विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलल विजयी भएको छ । शनिबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरमाथि २–०को सहज जित निकाल्यो ।

ब्राजिललाई जित दिलाउन नेमार र रिचार्लिसनले गोल गरे । ब्राजिलले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

खेलमा इक्वेडरलाई दबाबमा राखे पनि ब्राजिलले पहिलो हाफमा गोल गर्न सकेन ।

दोस्रो हाफमा नेमारको पासमा रिर्चालिसनले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाए। खेलको इन्जुरी समयमा नेमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २–०को जित दिलाए ।

खेलको ब्राजिलले गोल थुप्रै अवसर सिर्जना गरेको थियो । खेलमा गाब्रिअल बारबोसाले गोल ४ सुन्दर मौका खेर फालेका थिए।

खेलमा ब्राजिलले ६६ प्रतिशत बल पोजेसन बनाउँदै इक्वेडरको पोस्टमा १६ सट प्रहार गरेको थियो । जसमध्ये ७ सट फ्रेममा थियो । यता, ३ सट प्रहार गरेको इक्वेडरले कुनै पनि सट फ्रेममा प्रहार गर्न सकेन।

विश्वकप छनोटमा शतप्रतिशत जित निकालेको ब्राजिल १५ अंकसहित शीर्ष स्थानमा छ। ९ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा छ ।

Facebook Comments Box