ब्राजिलियन टिममा परेनन् नेमार र भिनिसियस, रोड्रिगो पहिलो पटक टिममा

प्रशिक्षक टिटेले मैत्रीपूर्ण खेलका लागि ब्राजिलियन राष्ट्रिय टिमको घोषणा गरेका छन् । टिटेले शुक्रबार राति घोषणा गरेको २१ सदस्यीय टिममा स्टार स्ट्राइकर नेमार र युवा स्ट्राइकर भिनिसिय जुनियर पर्न असफल भए ।

नेमार नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा घाइते भएकाले टिममा नपरेका हुन् भने रियल म्याड्रिडका युवा स्ट्राइकर भिनिसियस फर्ममा छैनन् ।

अर्जेन्टिना र दक्षिण कोरियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषित टिममा प्रशिक्षक टिटेले युवा खेलाडीलाई मौका दिएका छन् । टिममा रियल म्याड्रिडका युवा स्ट्राइकर रोड्रिगो पहिलो पटक राष्ट्रिय टिममा परे । १८ वर्षीय रोड्रिगो अहिले रियलको पहिलो रोजाईमै खेलिरहेका छन् ।

यसैगरी एस्टन भिल्लाका २१ वर्षीय मिडफिल्डर डग्लस लुइस, एएस रोमा २२ वर्षीय किपर ड्यानिअल फुजाटो, एसी मिलानमा २२ वर्षीय मिडफिल्ड लुकास पक्वेटालगायत छन् ।

२३ सदस्यीय टिमको गोलकिपरमा एलिसन बेकर, इडर्सन, ड्यानिअल फुजाटो छन् भने डिफेन्समा थिएगो सिल्भा, मार्किन्होस, इडर मिलिटाओ, फेलिपे अगुस्टो छन् । यस्तै, डिमफिल्डमा कासिमिरो, अर्थर, फाबिन्हो, डग्लस लुइस, फिलिपे काउटिन्हो र लुकास पक्वेटा छन् भने स्ट्राइकरमा विलियन, रोड्रिगो, ग्याब्रियल जेसुस, डेविड नेरेस, फिर्मिन्हो र रिचार्लिसन रहेका छन् ।

ब्राजिलले नोभेम्वर १५ मा अर्जेन्टिना र १९ नोभेम्बरमा दक्षिण कोरियासँग मैत्रीपूर्ण खेल खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP