
स्टार खेलाडीले भरिएको पिएसजी फ्रेन्च कपको अन्तिम १६बाटै बाहिरियो
Read Time:1 Minute
स्टार खेलाडीहरुले भरिएको पिएसजी फ्रेन्च कपको अन्तिम १६ बाटै बाहिरिएको छ। सोमबार राति भएको खेलमा निससँग पेनाल्टी सुटआउटमा ६–५ ले पराजित हुँदै पिएसजी अन्तिम १६बाटै बाहिरिएको हो ।
निसले पिएसजीलाई उसकै मैदानमा हराएको हो। लियोनल मेसी, किलियन एम्बाप्पेलगायत स्टार खेलाडी खेल्दा पनि पिएसजी जित निकाल्न असफल भयो।
निर्धारित समय र थप गरिएको समयका दुवै टिमबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा पिएसजीका लियोनल मेसी, किलियन एम्बाप्पे, जुलियन डाक्सलर, मार्को भेराट्टी र जुवान बेर्नाटले गोल गरे । तर, लिंड्रो पारेडेस र जाभी सिमोन्सले गोल गर्न सकेनन् ।
निसका मोर्गन, जिन क्लेयर,युसेफ अटल,एमिनी गोउइरी, इभान्स र डान्टेले गोल गरे भनेएन्डी डेलोर्टले गोल गर्न सकेनन् ।
अब निसले क्वाटरफाइनलमा मार्सेलीको सामना गर्नेछ ।