रोकियो च्याम्पियन लिभरपुल

इंग्लिस प्रिमियर लिगमा लिभपुल बराबरीमै रोकिएको छ । शनिबार राति भएको खेलमा च्याम्पियन लिभरपुललाई बर्नेलीले १–१ गोलको बराबरीमा रोकैको हो ।

घरेलु मैदानमा लिभरपुलले नै सुरुवाती अग्रता लियो । पहिलो हाफको ३४औं मिनेटमा एड्यू रोबर्टसनको गोलमा लिभरपुलले अग्रता लिएको थियो। पहिलो हाफ १–०मै सकियो ।

६९ औं मिनेटमा जेइ रोड्रिग्वेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि खेलमा कुनै गोल नहुँदा खेल बराबरीमै सकिएको थियो ।

खेलमा लिभरपुलले पूर्ण पटक कायम गरेको थियो, तर जित निकाल्न भने सकेन । उसले ७५ प्रतिशत बल पोजेसन बनाउँदै बर्नेलीको पोस्टमा २४ सट प्रहार गरेको थियो । जसमध्ये ९ सट फ्रेममा थियो । बर्नेलीले ५ सट प्रहार गर्दा २ सट फ्रेममा थियो ।

यो बराबरीपछि १ सय अंकको कीर्तिमान बनाउने लिभरपुलको अभियानमा धक्का लागेको छ । लिगमा ३ खेल मात्र बाँकी रहेको अवस्थामा लिभरपुललाई तीनवटै खेल जित्नु पर्ने हुन्छ । लिभरपुलले अब आर्सलन, चेल्सी र न्युकासलसँग खेल्न बाँकी छ । अहिले लिभरपुलको ३५ खेलमा ९३ अंक छ । बर्नली ५० अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यसैगरी शनिबार राति नै भएको अर्को खेलमा वाटफोर्डले न्युकासललाई २–१ले हरायो । पहिलो हाफमै लिएको अग्रता जोगाउन नसक्दा न्युकासल पराजित भयो । उसले २३औं मिनेटमा न्युकासलका ड्वाइट गेलले गोल गरेका थिए भने वाटफोर्डका ट्रोइ डिनीले ५२ र ८२औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । उनले दुवै गोल पेनाल्टीमा गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.