भिल्लारियलसँग हार्‍यो आर्सनल

इंग्लिस क्लब आर्सनल युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा पराजित भएको छ । बिहीबार राति भएको खेलमा आर्सनल स्पेनिस क्लब भिल्लारियलसँग २–१ ले पराजित भयो ।

घरेलु मैदानमा भिल्लारियललाई म्यानुएल त्रिगुएरोस र राउल अल्बीओलले गोल गरे भने आर्सनलका निकोलस पेपेले एक गोल फर्काए । आर्सनलकै पूर्वप्रशिक्षक उनाइ एमेरीको टिम भिल्लारियलले आर्सनलविरुद्ध दुवै गोल पहिले हाफमा गरेको थियो।

पाँचौ मिनेटमा म्यानुएलले गोल गर्दै भिल्लारियललाई सुरुआती अग्रता दिलाए । २९ औं मिनेटमा राउलले गोल गरेपछि पहिलो हाफमै भिल्लारियलले २–० को अग्रता लियो।

पहिलो हाफमा २–०ले पछि परेको आर्सनले दोस्रो हाफको सुरुवातमै ड्यानिअल सेबायोसले रातोकार्ड पाएपछि झन दबाबमा प¥यो । ५७औं मिनेटमा सेबायोसले दोहोरो पहेलो कार्ड पाएपछि आर्सलन १० खेलाडीमा सीमित भयो । सहित रातो कार्ड पाउँदा आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

७३औं मिनेटमा निकोलसले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २–१ को स्थितिमा ल्याए । ८०औं मिनेटमा इटिने कापोएले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि भिल्लारियल पनि अन्तिम १० मिनेट १० खेलाडीमा सीमित भयो।

खेलमा त्यसपछि कुनै गोल नहुँदा भिल्लारियल २–१ले विजयी भयो । सेमिफाइनलको दोस्रो लेग मे ७ मा इमिरेट्समा हुने छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.