
बार्यनका डिफेन्डर डर्टमन्डमा
Read Time:1 Minute
बुन्डेसलिगा च्याम्यिन बार्यन म्युनिखका जर्मन डिफेन्डर निकोलस सुले बोरुसिया डर्टमन्डमा आबद्ध भएका छन्। डर्टमन्डले २६ वर्षीय सुलेलाई नयाँ सिजनको सुरुआतबाट टिममा सामेल हुने गरी अनुबन्धन गरेको हो।
डर्टमन्डले उनलाई फ्रि ट्रान्सफरमा अनुबन्धन गरेको हो। सुलेले डर्टमन्डसँग ४ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०२६सम्म डर्टमन्डमा रहनेछन्।
उनले डर्टमन्डमा वार्षिक १० मिलयन युरो र बोसन तबल पाउने गरी सम्झौता गरेको बताइएको छ।
सुले होफेनहाइमबाट २०१७ मा बायर्न आएका थिए । त्यहाँ उनले १६९ खेल खेल्दै ६ गोल गरेका छन्। बायर्नबाट उनले ४ बुन्डेस लिगा, च्याम्यिन्स लिग र क्लब विश्वकपसहित कुल १३ उपाधि जितेका छन्।