एनकेटियाकाे ह्याट्रिकमा आर्सन कारबाओ कपको सेमिफाइनलमा

आर्सनल कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति घरेलु मैदानमा भएको खेलमा सन्डरल्यान्डमाथि ५–१को फराकिलो जित निकाल्दै आर्सनल सेमिफाइनलमा पुगेको हो।

आर्सनलको जितमा एडवार्ड एनकेटियाले ह्याट्रिक गरे भने निकोलस पेपे र चार्ली पाटिमोले समान पनि गोल गरे। सन्डरल्यान्डका नाथन ब्रोडहेडले गोल गरेका थिए।

घरेलु टोलीले खेलको १७औं मिनेटमा एनकेटियाको गोलबाट अग्रता लियो । २७औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए। सुरुआती दुवै गोल सेडरिककै पासमा सम्भव भएको थियो।

३१औं मिनेटमा नाथनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। उनले इलिओट इम्वलटनको पासमा गोल गरेका थिए। पहिलो हाफ २–१मै सकियो।

४९औं मिनेटमा एनकेटियाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनलाई ३–१ ले अघि बढाए। ५८औं मिनेटमा निकोलस पेपेको पासमा पासमा एनकेटियाले ह्याट्रिक पुरा गरेपछि आर्सनल फराकिलो जिततर्फ अग्रसर बन्यो। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सब्सिच्युट चार्ली पाटिमोले गोल गरेपछि आर्सनलले ५–१को जित निकाल्यो।

अब बुधबार राति क्वाटरफाइनलका तीन खेल हुनेछ। जसमा ब्रेन्टफर्ड र चेल्सी, लिभरपुल र लेस्टर सिटी तथा टोटेनहम र वेस्टह्यामबीच खेल हुने छ।

Facebook Comments Box