चेल्सीका विंगर मडुएके आर्सनलमा

19 Jul, 2025

चेल्सकिा युवा विंगर नोनी मडुएके आर्सनलमा आएका छन्। आर्सनले २३ वर्षीय इंग्लिस विंगरलाई ५२ मिलियन पाण्उड खिर्चएर टिममा भित्र्याएको हो।

चेल्सीमा कमैमात्र अवसर पाएपछि मडुएकेले आर्सनल रोजेका हुन। आर्सनलसँग उनले ५वर्षको सम्झौता गरेका छन्।

मडुएके चेल्सीको क्लब विश्वकप टिममा थिए। तर, उनी बीचमै प्रतियोगिता छाडेर आर्सनलमा मेडिकल परीक्षणका लागि लन्डन आएका थिए।

त्यसपछि चेल्सीले स्ट्रायकर जोआ पेड्रोलाई अनुबन्धन गर्दै टिममा सामावेश गरेको थियो। चेल्सीलाई च्याम्पियन बनाउन उनको भूमिका महत्वपूर्ण थियो।

२०२३ को जनवरीमा उनी पीएसभी आइन्डहोभेनबाट २९ मिलियनमा युरोमा चेल्सी आएका थिए। त्यसयता उनले ९२ खेल खेल्दै २० गोल र ९ असिस्ट गरेका छन्। गत सिजन उनले ४५ खेलमा ११ गोल र ५ असिस्ट गरेका थिए।

आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले मडुएकलाई टोलीको आक्रमणमा गहिराइ थप्ने विश्वास व्यक्त गरेका छन्। आर्सनलमा उनलाई बुकायो साको ब्यकअपमा रुपमा हेरिएको छ। उनको गतिशील शैली र दुवै फ्ल्यांकमा खेल्ने क्षमताका कारण आर्सनलले उनलाई अनुबन्धन गरेको हो।

आर्सनलमा उनले २० नम्बरको जर्सी लगाउने छ। उनी अगष्टको पहिलो साता टोलीको प्रिसिजन टुरमा सामेल हुनेछन्।

पछिल्ला केही सिजनमा यता आर्सनलबाट चेल्सीका खेलाडीहरु अनुबन्धन गरिरहेको छ। उसले पछिल्ला केही सिजनमा रसिह स्टर्लिङ, जर्गिन्हो, काइ हाभर्ट्ज, विलियन अनुबन्धन गरेको थियो। यसैसिजन उसले गोलकिपर केपा अरिजाबलागालाई पनि चेल्सीबाटै अनुबन्ध गरेको छ।

मडुएके समर ट्रान्सफरमा आर्सनल आउने चौथो खेलाडी हुन्। यसअघि उसले चेल्सीबाट गोलपिकर अरिजाबलागा, रियल सोसिडाडबाट मिडफिल्डर मार्टिन जुबिमेन्डी र ब्रेन्टफोर्डबाट मिडफिल्डर क्रिस्टियन नोर्गार्डलाई अनुबन्धन गरेको थियो।

यो समरमै आर्सनलले सेन्टर स्ट्राइकर पनि अनुबन्धन गर्न खोजिरहेको छ। सम्भवतः उसले भिक्टर गोकिरेस र बेन्जामिन सेस्को मध्ये एकलाई अनुबन्धन गर्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]