कोरोनाका कारण विश्वकप विजेता हन्टरको निधन

विश्वकप फुटबल विजेता इंग्लिस फुटबल टिमका सदस्य नोर्मन हन्टरको निधन भएको छ । ७६ वर्षीय इंग्लिस डिफेन्डर हन्टरको शुक्रबार कोरोना भाइरसका कारण उपचारका क्रममा निधन भएको हो ।

हन्टर विगत एक सातादेखि कोरोना भाइरसको उपचार गराइरहेका थिए । इंग्लिस क्लब लिड्स युनाइटेडले आफ्ना लिजेन्ट खेलाडी हन्टरको निधन भएको पुष्टी गरेको छ । उसले भनेको छ, ‘कोरोनाको संक्रमण देखिएपछि हन्टर एकसाता अघि अस्पताल भर्ना भएका थिए । स्वास्थ्यकर्मीहरू प्रयासका बाबजुद हाम्रा लिजेन्ट खेलाडीले आज बिहानै हामीलाई छाडे ।’

लिड्स युनाइटेले आफ्ना लिजेन्ट खलाडीको निधनले आफूहरु स्तब्ध भएको बताएको छ । इंग्लिस राष्ट्रिय फुबटल टिम, इंग्लिस फुटबल लिग र उनकै पूर्वक्लब ब्रिस्टल सिटीलगायतले हन्टरको निधनप्रति समवेदना प्रकट गरेका छन् ।

सन् १९६६ को फिफा विश्वकप जित्दा इंग्लिस टिमको सदस्य रहेका हन्टरले राष्ट्रिय टिमबाट २८ खेल खेलेका थिए । सन् १९६२मा १८ वर्षको उमेरमा हन्टरले लिड्स युनाइटेडबाट इंग्लिस प्रिमियर लिगमा डेब्यू गरेका थिए ।

लिड्स युनाइटेडमा १४ वर्ष बिताउँदा ७३२ खेल खेलेका थिए । लिड्सबाट उनले २ प्रिमियर लिग, एफए कप र लिग कप पनि जितेका छन् । सन् १९७६ मा उनी लिड्स छाड्दै ब्रिस्टल सिटीमा गएका थिए । ब्रिस्टलमा २ सिजन बिताएपछि उनी बर्नस्लीमा आबद्ध भएका थिए ।

हन्टरले बर्नस्लीबाटै प्रशिक्षण करिअर सुरुवात गरेका थिए । दुई सिजन उनले बर्नस्लीमा खेलाडी र प्रशिक्षक दुवैको भूमिका निभाएका थिए । उनले रोथरह्यम युनाइटेड र ब्राडफोडर्न सिटीमा पनि प्रशिक्षकका रुपमा काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP