यू–२३ एसियन कप छनोट नखेल्ने उत्तर कोरियाको घोषणा

उत्तर कोरियाले यू–२३ एसियन कप छनोट प्रतियोगिता नखेल्ने घोषणा गरेको छ । यू–२३ एसियन कपको इस्ट जोन छनोट प्रतियोगिता सुरुहुनु २ दिनअघि बिहीबार मात्र उत्तर कोरियाले प्रतियोगिता नेखेल्ने भन्दै नाम फिर्ता लिएको हो।

यू–२३ एसियन कप छनोटमा उत्तर कोरिया इस्ट जोनको समूह ‘के’मा थियो । यो समूहमा उत्तर कोरियासँगै जापान र कम्बोडिया थिए।

उत्तर कोरियाले नाम फिर्ता लिएपछि समूह जी देखि जेसम्मको दुई–दुई टिम निकालेर ड्र गरिने र ड्रबाट निस्कने पहिलो टिमलाई समूह ‘के’मा राखिनेछ एएफसीले जनाएको छ।

उज्वेकिस्तानमा अर्को वर्ष हुने एएफसी यू–२३ एसियन कपको लागि नेपाल भने वेस्ट जोनको समूह बीमा छ । यो समूहमा नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान छन् ।

यस्तै उत्तर कोरियाले अर्को वर्ष भारतमा आयोजना हुने एएफसी वुमन्स एसियन कप छनोटबाट समेत नाम फिर्ता लिएको एएफसीले जनाएको छ। छनोटमा उत्तर कोरियासँगै इन्डोनेसिया, इराक र सिंगापुर समूह सीमा थियो । यस समूहमा अब तीन टिम मात्र हुनेछन् । महिला एसिया कप छनोटमा नेपाल समूह एफमा छ । यस समूहमा हङकङ र फिलिपिन्स छन् ।

यसअघि उसले विश्वकप र एसियन कप छनोटबाट पनि नाम फिर्ता लिएको थियो।

Facebook Comments Box