प्रिमियर लिग : वाट्फोर्डलाई रोलिगेसनको डर, नर्विचलाई राहत

Read Time:1 Minute

रेलिगेसन जोनमा रहेका दुई क्लब नर्विच र वाट्फोर्टबीचमा नर्विच सिटी विजयी भएको छ। शुक्रबार राति भएको खेलमा नर्विचले वाट्फोर्डमाथि ३–०को सहज जित निकाल्यो ।

नर्विचसँगको यो हारले वाट्फोर्डमाथि रेलिगेशनको दाबब बढेको छ। १४अंकसहित उ १८औं स्थानमा झरेको छ। यता, नर्विच भने पहिलो पटक रेलिगेसन जोनबाट बाहिरि निस्कियो । ऊ १६ अंक जोड्दै १७औं स्थानमा उक्लिएको छ।

नर्विचको जितमा जोस सर्जेन्टले दुई गोल गरे भने एक गोल उपहार पाएको थियो। तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

खेलको ५१ औं मिनेटमा जोशले गोल गर्दै नर्विचलाई सुरुआती अग्रता दिलाएका थिए। उनको यो पहिलो प्रिमियर लिग गोल हो । ७४ औं मिनेटमा जोसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए।

७८ औं मिनेटमा इमानुएल डेनिसले रातो कार्ड पाएपछि वाट्फोर्ड १० खेलाडीमा समेटिएको थियो। खेलको इन्जुरी समयमा जुराज कुकाले आत्मघाती गोल गरेपछि नर्विच ३–० ले विजयी भयो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टि–२० विश्वकप तालिका : गत वर्षका फाइनलिस्ट पहिलो खेलमै भिड्ने
Next post ग्लोबल क्वालिफायरअघि नेपालले आयरल्यान्ड, ओमान र युएईसँग सिरिज खेल्ने
Close