नर्विच रेलिगेसनमा पर्ने पहिले टिम

यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको नर्विच सिटी प्रिमियर लिगबाट सेलिगेसनमा पर्ने पहिलो टिम बनेको छ । शनिबार राति भएको खेलमा वेस्टह्यामसँग ४–०ले पराजित भएसँगै नर्विच रेलिगेसनमा पर्ने पक्का भएको हो ।

अब नर्विचले लिगमा ३ खेल खेल्न बाँकी छ । बाँकी रहेका तीन वटै खेल जिते पनि १७औं स्थानमा रहेको वाटफोर्डलाई भेट्न सक्नै छैन । ३५ खेलमा नर्विचको २१ अंक छ भने १७औं स्थानको वाटफोर्डको ३४ अंक छ ।

इपिएलमा नर्विचले केही खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । सबैखेलमा सोही लयलाई निरन्तरता दिन नसक्दा एकवर्षमै नर्विच रेलिगेसनमा प¥यो । यो सिजन नर्विचले ५ जित, ६ बराबरी र २४ हारको सामाना गरेको छ । उसले ३५ खेलमा २६ गोल गर्दा ६७ गोल खाएको छ ।

पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीलाई ४–०ले हराउनु नर्विचको माथिल्लो डिभिजनमा उत्कृष्ट प्रदर्शन थियो । सोही हारपछि सिटीले लय गुमाएको थियो, र लगतार तेस्रो पटक उपाधि उचाल्न बञ्चित भयो ।

नर्विचको मैदानमा वेष्टह्यामलाई जित दिलाउन मिचेल एन्टोनियोले सबै गोल गरे । ११औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेष्टह्यामलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि उनले ४५औं र ५४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ७४ औं मिनेटमा एन्टोनियोले व्यक्तिगत चौंथो गोल गर्दै टोलीलाई ४–० को जित दिलाए ।

यो जितपछि वेस्टह्यामलाई केही राहत भएको छ । ३४ अंक जोडेको वेस्टह्याम रेलिगेसन जोनभन्दा २ स्थान माथि छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.