नर्विच सिटीका खेलाडीमा देखियो कोरोना

इंग्लिस प्रिमियर लिग क्लब प्रिमियर लिग क्लब नर्विच सिटीका खेलाडीमा कोरोनाको संक्रमण देखिएको छ । प्रियिमर लिगमा पछिल्लो चरणमा गरिएको परीक्षणमा नर्विच सिटीका खेलाडीसहित दुई जनामा कोरोना संक्रमण देखिएको हो ।

लिग सुरु गर्ने तयारी स्वरुप प्रिमियर लिगका सम्पूर्ण खलाडी तथा पदाधिकारीको कोरोना परीक्षण गरिँदै छ । बिहिबार र शुक्रबार १२ सय जनाको परीक्षण गरिएको थियो । योसँगै प्रिमियर लिगका १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार मात्रै नर्विचले अभ्यास खेल खेलेको थियो । जसमा नर्विचले टोटह्यामलाई २–१ ले पराजित गरेको थियो । उनलाई आइसोलेसनमा राखिएको जनाएको छ । उनको नाम भने सर्वाजनिक गरिएको छैन । नर्विचले अन्य खेलाडी उनको सम्पर्कमा नरहेको बताएको छ । उनले प्रिमियर लिगका सुरुवाती खेल गुमाउनेछन् ।

यता, टोटनह्यामले आफ्ना कुनै खेलाडी तथा स्टाफमा कोरोनाको संक्रमण नभएको बताएको छ ।

कोरोना भाइरसको महामारीका कारण मार्च १३बाट रोकिएको प्रियिमर लिग जुन १७ बाट बन्द रंगशालामा सुरु हुँदै छ । पहिलो दिन म्यान्चेस्टर सिटी र आर्सनल तथा सेफिल्ड युनाइटेड र एस्टन भिल्ला भिड्ने छन् । नर्विचले भने १९ जुनमा साउथह्याम्पटनसँग खेल्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.