राष्ट्रिय टिमको प्रशिक्षणका लागि काठमाडौं, पोखरा र नेपालगञ्जमा होटल खोज्दै एन्फा

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौं, पोखरा र नेपालगञ्जमा भाडामा होटल उपलब्ध गराउन आव्हान गरेको छ । एन्फाले सोमबार एक सूचना निकाल्दै काठमाडौं, पोखरा र नेपालञ्जामा होटल भाडामा उपलब्ध गराउन आव्हान गरेको हो।

राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि १५ देखि २० दिन प्रयोगत गर्न तीन ठाउँमा होटल माग गरेको हो। एन्फाले आफ्ना अवाश्यकता अनुसारका सुविधा भएको होटल भाडा दिन इच्छुक भए ५ दिनभित्र प्रस्तावना पेश गर्न आग्रह गरेको छ।

साफ च्याम्पियनसिप र एसिया कपको तेस्रो चरणको छनोटको तयारीका लागि फरक–फरक तपक्रममा टिमलाई तयार गनी काठमाडौं, पोखरा र नेपालगञ्जमा प्रशिक्षण गराउने तयारी गरेको हो ।

Facebook Comments Box