दर्शन चम्किँदा जवलाखेलमाथि एनआरटीको जित

Read Time:1 मिनेट

सहिद स्माकर ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) विजयी भएको छ। लिगको नवौं चरणअन्तर्गत सोमबार भएको एकमात्र खेलमा एनआरटीले जावलाखेल युथ क्लबमाथि २–०को जित निकाल्यो।

जावलाखेलमाथि एनआरटीलाई जित दिलाउन दुवै गोल दर्शन गुरुङले गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो।

६८औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाए । मेसुके ओलोमोउको सुन्दर पासमा उनले जावलाखेलका गोलकिपर टेकेन्द्र थापालाई बिट गर्दै गोल गरेका थिए।

पहिलो गोल गरेको ५ मिनेटपछि नै दर्शनले टिमको अग्रता दोब्बर बनाए । दोस्रो गोलका लागि दर्शनले स्टेफन समीरको पासलाई सदुपयोग गरे।

जितसँगै एनआरटी अंकतालिकाको छैठौं स्थानमा उक्लिएको छ। उसले ९ खेलमा १३ अंक जोडेको छ । यता, जावलाखेल ८ अंकसहित दशौं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एएफसी कप छनाेटमा मछिन्द्रको प्रतिस्पर्धी श्रीलंकाको ब्लु स्टार
Next post राष्ट्रिय टिमको बन्द प्रशिक्षण मंगलबारबाट
Close