
संकटालाई हराउँदै एनआरटी पाँचौं स्थानमा
न्युरोड टिम (एनआरटी) सहिद स्मारक ए डिभिजन लिगको पाँचौं स्थानमा उक्लिएको छ। ११औं चरणको अन्तिम खेलमा संटक क्बलमाथि १–०को जित निकाल्दै एनआरटी पाँचौं स्थानमा उक्लिएको हो।
एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा उक्लेको छ । उसले संकटालाई नै पछि पारेको हो। संकटा ११ खेलबाट १५ अंकसहित छैटौं स्थानमा झरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि २८औं मिनेटमा स्टेफेन समिरले निर्णायक गोल गरे ।