नेपाल सुपर लिग: नवयुगको गोलमा पोखराले विराटनगरलाई हरायो

नेपाल पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)ान पोखरा थन्र्डस विजयी भएको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा कप्तान नवयुग श्रेष्ठको निर्णयक गोल मद्दतमा पोखराले विराटनगर सिटी एफसीलाई १–०ले हरायो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ८३औं मिनेटमा नवयुगले गोल गर्दै पोखरालाई १–० को अग्रता दिलाए । उनले मौसा अब्बाको फ्रिकिकमा उत्कृष्ट हेडमार्फत गोल गरे ।

खेलमा सुरुवातदेखि नै पोखराले दबाब बनाएको थियो । चौंथो मिनेटमा पोखराका पदम मोक्तानको लामो फ्रिकिकमा राफेल रिमगगोले कनेक्ट गर्न सकेनन् । नवौं मिनेटमा मौसा अब्बाको पेनाल्टी बक्सबाटको प्रहार बाहिरिएको थियो भने ५४औं मिनेटमा डिबक्सको ठिक भित्रबाट पोखराका कप्तान नवयुग श्रेष्ठको पावरफुल सट विराटनगरका गोलकिपर किशोर गिरीले बचाए ।

खेलको ६१ औं मिनेटमा पोखराका रबि पासवानको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो। विराटनगरका पेड्रो मान्जीले ४२ औं मिनेटमावान भर्सेस वानमा गोल गर्न सकेनन् ।

पहिलो खेलमा बुटवलसँग पराजित भएको पोखराले पहिलो जितपछि २ खेलबाट ३ अंक जोडेको छ। पहिलो खेलमा धनगढी एफसीलाई पराजित गरेको विराटनगरको भने यो पहिलो हार हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.