
बन्द प्रशिक्षणमा आयुष, दिनेश र कमल आउट, सन्तोष र प्रशान्त इन
मोरिससविरुद्धको २ मैत्रीपूर्ण खेलका नेपाली राष्ट्रिय टिमको बन्द प्रशिण मंगलबारबाट सुरु भएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ३४ खेलाडीलाई बोलाएका छन्।
ती मध्ये तीन खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडी आयुष घलान, दिनेश हेम्जन र कमल थापा छन् ।
आयुुष र दिनेश चोटका कारण बन्द प्रशिक्षणबाट बाहिरिएका हुन भने कमल पारिपारिक कारणले बन्द प्रशिक्षणमा सहभागी नभएका हुन्।
तीन खेलाडीबाहिए पनि मुख्य प्रशिक्षक अलमुताइरीले थप २ खेलाडीलाई बोलाएका छन्। अलमुताइरीले प्रशान्त अवस्थीलाई प्रशिक्षणमा बोलाउँदा आर्मी तथा राष्ट्रिय टिमका नियमित मिडफिल्डर सन्तोष तामाङ चोटमुक्त हुँदै प्रशिक्षणमा सामेल भएका छन्।
अलमुताइरीले बन्द प्रशिक्षणका लागि टिम घोषणा गरेकको केही दिनपछि नै घाइते भएपछि सन्तोस टिमबाट बाहिरिएका थिए । उनको स्थानमा अलमुतारीले आर्मीकै भेट्रान मिडफिल्डर जगजित श्रेष्ठलाई टिममा बोलाएका थिए ।
नेपालले मोरिससविरुद्ध दशरथ रंगशालामा जनवरी २९ र फेब्रुअरी १ मा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
बन्द प्रशिक्षणमा सहभागी टिम
विशाल श्रेष्ठ, दीप कार्की, किरण लिम्बु, सत्रुघन चौधरी, टेकेन्द्र थापा, अन्जन विष्ट, विमल घर्तीमगर, आशिष लामा, एरिक विष्ट, आकाश बुढामगर, अनन्त तामाङ, विशाल राई, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, कृतिस रन्त छुन्जु, मनिष डाँगी, दर्शन गुरुङ, नविन गुरुङ, सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, सुनिल बल, जगजित श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुरज ज्यू ठकुरी, सुशिल राई, आशिष राई, सन्तोष तामाङ, प्रशान्त अवस्थी ।