प्रशिक्षक नुनोले वुल्भ्स छाड्ने

इंग्लिस प्रियिमर लिग क्लब वुल्भ्सका मुख्य प्रशिक्षक नुनो स्प्रिन्टो सान्टोले क्लब छाड्ने भएका छन्। पोर्चुगिज प्रशिक्षक नुनोले सिजनको अन्त्यसँगै क्लब छाड्ने छन् ।

अझै दुई वर्ष सम्झौता बाँकी रहेका नुनलो समझदारीमा क्लब छाड्न लागेको बताएका छन्। गत सेप्टेम्बमा मात्र नुनोले वुल्भ्ससँग ३ वर्षको सम्झौता गरेका थिए।

उनी सन् २०१७मा पोर्चुगिच क्लब पोर्टो छाड्दै वुल्भ्स आएका थिए। सोही सिजन वुल्भ्स च्याम्पिनपसिपबाट प्रिमियर लिगमा बढुवा भएको थियो।

अधिकांश पोर्चुगल खेलाडीलाई क्लबमा ल्याएका नुनोले प्रियिमर लिगमा पहिलो सिजनै उत्कृष्ट प्रदर्शन गर्न सफल भएका थिए । पहिलो सिजन सातौं स्थानमा रहँदै उसले युरोपा लिग खेलेको थियो, र क्वार्टर फाइलनसम्मको यात्रा तय गरेको थियो ।

उल्भ्सले यस सिजनको अन्तिम खेलमा आइतबार म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ। यो सिजन वुल्भ्स लिगको १२औं स्थानमा छ।

नुनोको स्थानमा वुल्भ्सले अर्का पोर्चुगिज प्रशिक्षक ब्रुना लेगलाई प्रशिक्षक बनाउने तयारी गरेको छ । उनले गत जुलाईमा बेन्फिकाको प्रशिक्षकबाट राजिनामा दिएका थिए। त्यसयता उनी क्लबबिहीन छन्।

Facebook Comments Box