एथ्लेटिको मड्रिडका ओबलाकले बनाए कीर्तिमान

एथ्लेटिको मड्रिडका गोलकिपर जान ओबलाकले ला लिगाको एउट अर्को कीर्तिमान आफ्नो नाममा लेखाए । बुधबार राति एट्लेटिको मड्रिडले ओसासुलाई ५–०ले पराजित गरेसँगै ओबलाकले सर्वाधिक छिटो १ सय क्लिनसिटको कीर्तिमान बनाएका हुन् ।

ओसासुनाविरुद्धको खेलसँगे ओबलाक १ सय खेलमा क्लिन सिट राख्ने ला लागिको पहिलो गोलकिपर बनेका छन् । ओबलाकले यो उपलब्धी १८२ खेलमा प्राप्त गरेका हुन् ।

यसअघि यो कीर्तिमान बार्सिलोनाका पूर्वगोलकिपर मिगेल रैनाको नाममा थियो । रैनाले २२२ खेलमा १ सय क्लिनसिटको कीर्तिमान राखेका थिए । १२७ खृलमा १ सय क्लिनसिट राखेका बार्सिलोना कै भिक्डर भाल्डेस तेस्रो स्थानमा छन् ।

२७ वर्षीय स्लोभियर गोलकिपर ओबलाक सन् २०१४मा एट्लेटिको मड्रिड आएका थिए । एट्लेटिकोबाट उनले कुल २४७ खेल खेलेका छन्। जसमा उनले युरोपा लिग, सुपर कोपा र युइएफए सुपरकप जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *