एट्लेटिकोका गोलकिपर ओब्लाकलाई कोरोना संक्रमण

Read Time:1 Minute

स्पेनिस क्लब एट्लेटिको मड्रिडका गोलकिपर जान ओल्बाकलाई कोरोना संक्रमण देखिएको छ। स्लोभेनियाका २९ वर्षीय गोलकिपरलाई कोरोना संक्रमण पुष्टी भएको एट्लेटिको मड्रिडले जनाएको छ।

उसले ओब्लाक सेल्फ आइसोलेशनमा बसेको पनि उल्लेख गरेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको क्लबले जनाएको छ।

कोरोना संक्रमण देखिएसँगै उनले ला लिगाअन्तर्गत शनिबार हुने बार्सिालेनाविरुद्धको खेल गुमाउने भएका छन्।

शीर्ष चारभित्र रहनका लागि दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ। केही वर्षयता उत्कृष्ट प्रदर्शन गरिरहेका ओल्बाकको अनुपस्थितिले एट्लेटिकोलाई केही समस्या हुनसक्छ।

ला लिगामा ३६ अंकका साथ एट्लेटिको चौथो स्थानमा छ भने ३५ अंक जोडेको बार्सिलोना पाँचौं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आहा रारा गोल्डकप : पाँच पटकको विजेता थ्री स्टार क्वार्टरफाइलनबाटै बाहिरियो, आर्मी सेमिफाइनलमा
Next post मैत्रीपूर्ण खेलका लागि नेपाल आएका मोरिससका ४ खेलाडीलाई कोरोना
Close