युक्रेनमाथि फ्रान्सको सानदार जित

मैत्रीपूर्ण खेलमा विश्व च्याम्पियन फ्रान्सले सानदार जित हात पारेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले युक्रेनमाथि ७–१को सानदार जित निकाल्यो ।

फ्रान्सलाई सानदार जित दिलाउने क्रममा ओलिभर जिरुडले २ गोल गरे भने एन्टोइन ग्रिजम्यान, किलियन एम्बप्पे, टोलिसो र इडवार्डो कामाविंगाले समान १ गोल गरे । स्यस्तै युक्रेनका भिक्टोर त्स्यगानकोवले गोल गरे ।

कामाविंगाले नवौं मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । राष्ट्रिय टिमबाट दोस्रो खेल खेलिरहेका १७ वर्षीय कामाविंगा फ्रान्सका लािग गोल तेस्रो कान्छा खेलाडी बनेका छन् । उनीभन्दा अघि जुनियन भेब्रुगे र माउरिस गास्टिगेर छन् ।

त्यसपछि २४औं र ३३औं कप्तान जिरुडले गोल गर्दै फ्रान्सको अग्रता ३–०मा पु¥याए । यी दुई गोलसँगै जिरुड फ्रान्सका सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा उक्लिएका छन् । १ सय खेलमा ४२ गोल गरेमा जिरुड सर्वाधिक गोल गर्ने थिएरी हेनरीको कीर्तिमानभन्दा ९ गोलले पछि छन् ।

३९औं मिनेटमा भिटालिया म्याकोलेन्को गोल आफ्नो पोष्टमा गोल गरेपछि फ्रान्सले पहिलो हाफमा ४–०को अग्रता लियो । ५३औं मिनेटमा युक्रेनका भिक्टोर त्स्यगानकोवले गोल गर्दै अग्रता कम गर्ने प्रयास गरे । ६५औं मिनेटमा टलिसो, ८२औं मिनेटमा एम्बाप्पे र ८९ मिनेटमा ग्रिजम्यानले गोल गरेपछि फ्रान्सले मैत्रीपूर्ण खेलमा युक्रेनलाई ७–१ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP