जिरुडाको गोलमा एट्लेटिकोमाथि चेल्सीको जित

फ्रेन्च स्ट्राइकर ओलिभर जिरुडले निर्णायक गोल गरेपछि च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा चेल्सी विजयी भएको छ । मंगलबार राति रोमानियाको बुचारेस्टस्थित नेशनल एरिनामा भएको खेलमा जिरुडको गोल मद्दतमा चेल्सीले एट्लेटिको मड्रिडलाई १–०ले हरायो।

कोरोना संक्रमणका कारण मेट्रोपोलिटान स्टेडियममा हुने खेल बुचारेस्टमा सारिएको थियो। यी दुईबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ६८औं मिनेटमा जिरुडले एक्रोब्याटिक गोल गर्दै चेल्सीलाई जित दिलाए। उनको गोललाई सुरुमा रेफ्रीले अफसाइड दिए पनि भिएआर रिभ्युमार्फत गोलले मान्यता पाएको हो ।

खेलमा चेल्सीले पूर्ण रुपमा दबाब बनाएको थियो। उसले ६४ प्रतिशत बल पोजेसन बनाउँदै ११ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो। यता, एट्लेटिकोले ६ सट प्रहार गर्दा कुनैपनि सट फ्रेममा प्रहार गर्न सकेन। दोस्रो लेग मार्च ७ मा स्टामफोर्ड ब्रिजमा हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.