एस्टन भिल्लासँग लिभरपुलको लज्जास्पद हार

डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार लज्जास्पद हार बेहोरेको छ । अविश्वसनीय रूपमा ७–२ ले हराएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लाले अप्रत्यासित नतिजा निकाल्दै लिभरपुललाई ७–२को फराकिलो अन्तरले हरायो । योसँगै भिल्लाले प्रिमियर लिगमा लगातार तेस्रो जित निकाल्यो ।

भिल्लाको जितमा ओली ओली वाटकिन्सले ह्याट्रिक गरे भने याक ग्रेलिस २ गोल गर्दा जोन म्याकगिन र रोस बार्कलीले समान १ गोल गरे । लिभरपुलका मोहम्मद सलाहले २ गोल गरे ।

खेलको चैथो मिनेटमै वाटकिन्सले गोल गर्दै भिल्लाई अग्रता दिलाए । २२औं मिनेटमा वाटकिन्ले नै गोल गरेपछि भिल्लाले अग्रता दोब्बर बनायो । ३३औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेलमो फर्काउने प्रयास गरे । तर, त्यसको २ मिनेटपछि नै ३५औं मिनेटमा म्याकगिनले गोल गर्दै भिल्लालाई ३–१को अवस्थामा ल्याए । ३९औं मिनेटमा वाटकिन्सले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई पहिलो हाफमा ४–१को अवस्थमा ल्याए ।

५५औं मिनेटमा बर्कलीले गोल गर्दै लिभरपुलमाथि निरन्तार दबब दिए । ६०औं मिनेटमा सलाहले नै पुनः गोल गर्दै खेललाई ५–२को अवस्थामा ल्याए । तर, त्यसपछि ६६औं र ७५औं मिनेटमा ग्रेलिसले गोल गर्दै लिभरपुललाई ७–२को लज्जास्पद हार चखाए ।

सन् १९६३ यता लिरभपुलले सात गोल खाएको यो पहिलो पल्ट हो । यस्तै सन् २०१९ यता लिभरपुलको यो चौथो लिग हार मात्रै हो । सन् १९५३मा डिफेन्डिङ च्याम्पियनका रुपमा आर्सनलले सन्डरल्यानडविरुद्ध ७ गोल खाएयता डिफेन्डिङ च्याम्पियनले ७ गोल खाएको यो पहिलो पटक हो ।

यता, एस्टन भिल्लाले भने प्रियिमर लिगमा सुरुवाती ३ खेल जितेको यो पहिलो पटक हो भने समग्रमा सन् १९६२÷६३ पछि पहिलो पटक हो । त्यतिबेला च्याम्पियनसिपमा एस्टन भिल्लाले सुरुवाती तीन खेल जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP