ओलम्पिकको पहिलो खेलमै हार्‍यो अर्जेन्टिना, कुवाे चम्किँदा जापान विजयी

टोकियो ओलम्पिकको पुरुष फुटबलमा अर्जेन्टिना पहिलो खेलमै पराजित भएको छ। समूह सी अन्तर्गत बिहीबार साँझ भएको खेलमा अर्जेन्टिना अस्ट्रेलियासँग २–०ले पराजित भएको हो।

अर्जेन्टिनाविरुद्ध जित दिलाउन अस्ट्रेलियाका वाल्स लाचलन र टिलोओ मार्कोलो गोल गरेका थिए । अस्ट्रेलियाले दुवै हाफमा समान १ गोल गरेको थियो ।

खेलको १०औं मिनेटमा वाल्सको गोलमा अस्ट्रेलियाले अग्रता लिएको थियो । त्यसपछि ८०औं मिनेटमा टिलोओले गोल गर्दै अर्जेन्टिनाविरुद्ध अस्ट्रेलियालाई २–०को जित दिलाए।

यसैगरी अर्कौ खेलमा आयोजक जापन पनि विजयी भयो । उसले दक्षिण अफ्रिकामाथि १–०को जित निकाल्यो । उसका लागि टाकेफुसा कुवेले ७१औं मिनेटमा निर्णायक गोल गरे । यस्तै, रोमानियाले होन्डुसरमाथि १–०को जित निकालेको छ।

Facebook Comments Box