ओलम्पिक फुटबलः इजिप्टसँग रोकियो स्पेन, न्युजिल्यान्ड विजयी

आजबाट सुरु भएको टोकियो ओलम्पिकको पुरुष फुटबलमा पहिलो खेलमै स्पेन बराबरीमा रोकिएको छ। बिहीबार भएको समूह सीको पहिलो खेलमा स्पेन इजिप्टसँग गोलरहित बराबरीमा रोकिएको हो।

खेलमा इजिप्टलाई पूर्ण दबाबमा राखेपनि स्पेनल गोल गर्न सकेन । उसले ५७ प्रतिशत बल पोजेसन बनाउँदै इजिप्टको पोस्टमा १० सट प्रहार गरेको थियो, त्यसमध्ये ५ सट फ्रेममा थियो । यता, इजिप्टले ३ सट प्रहार गरेको १ सटमात्र फ्रेममा थियो।

यसैगरी ओलम्पिकको पुरुष फुटबलअन्तर्गत नै बिहीबार नै भएको खेलमा न्युजिल्यान्ड विजयी भयो। समूह बीको पहिलो खेलमा न्युजिल्यान्डे दक्षिण कोरियालाई १–०ले हरायो । न्युजिल्यान्डलाई जित दिलाउन उड क्रिसले निर्णायक गोल गरे। उनले ७६औं मिनेटमा गोल गरेका थिए ।

यस्तै आइभोरी कोस्टले पनि ओलम्पिकमा विजयी सुरुआत गरेको छ। बिहीबार भएको समूह डीको खेलमा आइभोरी कोस्टले साउदी अरेबियालाई २–१ले हरायो। आइभोरी कोस्टाका लागि केसिइ फ्रांकले गोल गरेका थिए भने अर्को गोल साउदीका अलमारी अब्दुल्लाहले आफ्नै पोस्टमा गरेका थिए। साउदीका लागि अलद्वासरी सलिमले गोल गरेका थिए।

Facebook Comments Box