लिगकाे पहिलाे खेलमै हार्‍यो सेभिया

Read Time:1 मिनेट

स्पेनिस ला लिगाको नयाँ सिजन शुक्रबार रातिबाट सुरु भएको छ। इल साडर मैदान शुक्रबार राति घरेलु टोली ओसासुना र सेभियाबीचको खेलसँगै ला लिगाको नयाँ सिजन सुरु भएको हो।

सेभियाले सिजनको सुरुआत हारबाट गरेको छ। शुक्रबार राति भएको खेलमा सेभिया ओसासुनासँग २–१ले पराजित भयो । खेलमा ओसासुनाका लागि इजिक्वेल एभिला र एइमज ओरोजले गोल गरे भने सेभियाका राफा मिरले गोल फर्काए।

नवौं मिनेटमा इजिक्वेल एभिलाले हेडिङमार्फत गोल गर्दै ओसासुनाले सुरूआती अग्रता दिलाए । तर, त्यसको दुई मिनेटपछि नै सेभियाले खेललाई बराबरीमा ल्यायो । पापु गोमेजको पासमा पासमा मिरले गोल गरेका थिए।

खेलको पहिलो हाफ १–१ गोलको बराबरीमै सकियो । ७४औं मिनेटमा ओसासुनाले खेलमा पुनः अग्रता लियो । गोमेजले ओसासुनाका खेलाडीलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा ओरोजले गोल गरेका थिए। खेलमा त्यसपछि गोल नहुँदा ओसासुना विजयी भयो।

ला लिगा अन्तर्गत शनिबार तीन खेल हुनेछ । जसमा सेल्टाभिगो र स्पानियोल, भालाडोलिड र भिल्लारियल तथा रायो भालेकानो र बार्सिलोना भिड्ने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post उत्कृष्ट प्रशिक्षकका लागि एन्सोलोटीलाई ग्वार्डिओला र क्लोपको चुनौती
Next post मुख्य प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै
Close